शालिकरामले श्रीमतीलाई ढाँटेर प्रेमीकालाई राख्ने गरेको घरमा आइपर्यो अर्को यस्तो विपत

सूचना दैनिक
मङ्लबार, भदौ १०, २०७६

काठमाडौँको टोखामा एकजना वृद्धको ‘हृदयघात’ का कारण मृ त्यु भएको छ । भरतपुरको रायणगढस्थित पोखरा बसपार्कको कंगारु होटलमा कोठाभित्र गत साउन २० गत्ते राति मृ त अवस्थामा फेला परेका पत्रकार पुडासैनीले घर भाडामा लिएर बसेको घरका धनी गोमा न्यौपानेका बुबाको हृदयघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा पुडासैनीले पत्नि सम्झनालाई ढाँटेर प्रेमीकालाई भेट्नका लागी लिएको छुट्टै कोठा भेटीएपछि प्रहरीको टोलि लगातार अनुसन्धानका लागि सो घरमा जाने गरेकाले ९० वर्षीय देबकोटालाई हृदयघात भएको बताइएको छ ।


प्रेमीका र शालिकरामले उक्त कोठा भाडामा लिनुअघि आँफैले रंग लगाएको गोमा न्यौपानेले बताएकी थिइन् । छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका देबकोटा खानतलासीका लागि भन्दै लगातार प्रहरी आउने गरेपछि तनावमा रहेको र सोहि कारणले हृदयघात भएको प्ररिवारिक स्रोतबाट खुल्न आएको बताइएको छ ।

पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्यान फाल्न बाध्य बनाएको आरोप लगाएपछि साउन ३२ गते काठमाडौबाट पक्राउ परेका रवि सहित ३ जना नै छुटेका छन् । सोमबार साँझ जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै छुटेका लामिछाने मंगलबार आफ्ना समर्थकको स्वास्थ्य स्थिति बारे बुझ्न अस्पताल पुगेका छुन् ।