रवि लामिछानेविरुद्ध पत्रकार आचारसंहिता उल्लंघनको उ’जुरी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।

कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेविरुद्ध पत्रकार आचार’संहिता उल्लंघनको उजु’री दिएका हुन् ।

लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लं’घन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

उजुरीमा गरिएका माग

(क) विपक्षीहरुले पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको ठहर गरी उनीहरुलाई प्रेस काउन्सिलमैं झिकाई माफीनामामा दस्तखत गराई न्यूज–२४ टेलिभिजनको सोही कार्यक्रमबाट क्षमायाचना गर्न निर्देशन गरिपाउँ । सो निर्देशन नटेरेमा राज्यबाट विपक्षीहरुले पाउने सबै सुविधा स्थगन गरिपाउँ ।

(ख) उपरोक्तअनुसारको प्रकरण नेपाली पत्रकारिताको निधारमा लागेको कलंक ठहर गर्दै सो सम्बन्धमा व्यापक छलफल गरी पत्रकारितालाई स्वच्छ राख्नका लागि नयाँ कानुनी व्यवस्थातर्फ पहल गरिपाउँ

यस्तो छ उजुरीको पूर्णपाठ






प्रकाशित मिति August 28, 2019

प्रतिकृया दिनुहोस