भिडियोमा हेर्नुहोस त्रिभुवन विमानस्थलमा यसरी बाजागाजा सहित स्वागत गरियो रविको

सूचना दैनिक
बुधबार, भदौ ११, २०७६

काठमाडौं– पत्रकार सालिकराम पुडासैनी ह’त्या प्रकरणमा जेल परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जेल मुक्त भएसँगै काठमाडौं फर्किएका छन् । सोमबार साँझ ११ दिनपछि हिरासत मुक्त भएका लामिछाने बुधबार काठमाडौं आएका हुन् । प्रस्तोता लामिछानेलाई स्वागत गर्न काठमाडौंको त्रिभुवन विमानस्थलमा उनका सयौं समर्थक पुगेका थिए । उनीहरुले लामिछानेको पक्षमा चर्को नाराबाजी समेत गरेका थिए ।

विभिन्न बाजा गाजासहित विमानस्थलमा पुगेका रविका समर्थकहरुले बजाएको बाजाले विमानस्थल बाजामय बनेको थियो । आफ्ना समर्थहरुले घेरिएका रवि निकै प्रफुल्ल मुद्रामा देखिन्थे । उनले आफू जेलमा परेका वेला आफ्नो रिहाइका लागि निरन्तर खट्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे । उनले आफ्ना लागि अश्रृग्यास, लाठी तथा बुट खान तयार हुनेहरुप्रति उच्च सम्मान समेत व्यक्त गरे ।

प्रस्तोता लामिछानेले अब आफ्नो कार्यक्रम अझैं सशक्त बन्ने ठोकुवा समेत गरे । उनले आफू विशेष तयारीमा रहेको भन्दै हप्ता दिन भित्रै उद्घोष गर्ने तयारी रहेको खुलासा समेत गरे । उनले राजनीतिमा जान लागेको भनेर हेर्ड लाइन लेखिएकोमा उनले आश्चर्य समेत व्यक्त गरे । उनले भने, ‘समर्थकहरुको भिड देखेर म पटक्कै आत्तिएको पनि छैन र मात्तिएको पनि छैन ।’ उनले आफू मानिसहरु जम्मा गरेर भाषणबाजीमा भन्दा पनि आफ्नो काममा लाग्ने प्रष्ट पारे । उनले आउने शनिबार विशेष कार्यक्रमसहित टेलिभिजनमा प्रस्तुत हुने जानकारी गराए । विमानस्थलमा उपस्थित रविका समर्थकहरुले खादा लगाउँदै रविलाई भव्य स्वागत गरेका थिए ।
भिडियो हेर्नुहोस्