रवि लामिछानेकि पूूर्वपत्नि इशा भन्छिन्  ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहेछ’

काठमाडौ। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प’क्राउ परी छुटेका रवि लामिछानेप्रति धेरैले सहानुभूती देखाए । विजेता योद्धाको शैलीमा उनलाई फूलमाला लगाएर स्वागत गरियो । उनले विजेताको शैलीमा भाषण समेत गरे ।

यतिसम्मकी २५ वर्ष वैवाहिक जीवन सँगै बिताएकी पूर्व पत्नीले समेत सान्त्वना दिइनन्। लामिछानेकी पूर्व पत्नी इशाले कुनै टिप्पणी नगरेपनि भदौ १० गते साँझ फेसबुकमा स्टाटस लेखेकी थिइन। हाल दुई छोरीसहित अमेरिकामा रहेकी उनले लेखेकी छिन् , ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ।’

यो रवि लामिछानेप्रतिको व्यङ्ग्य उनले गरेकी थिइन। कुनैबेला रविसँग निकट भएकी नायिका करिश्मा मानन्धरले रवि लामिछाने पक्राउ परेलगत्तै व्यङ्ग्य गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जालमा लेख्दै रविको समर्थनमा देखिएकालाई भेडाको संज्ञा दिएकी थिइन् ।

नायिका करिश्मा मानन्धरले अगष्ट १६ मा बेलुका साढे ९ बजे लेखेको फेसबुक स्टाट्स । यो स्टाट्सले गर्दा उनी विवादमा तानिएकी थिइन् । केही समय अगाडी ऋषि धमलाको कार्यक्रममा धमलाले करिश्मा र रविको सम्वन्धको बारेमा केही प्रश्न सोधेका थिए ।

रवि लामिछाने रिहा भएसँगै अर्को खबर आएको छ । प्राप्त खबरअनुसार रविसँग सम्वन्ध वि’च्छेद गरेकी इशा लामिछाने अमेरिकाबाट नेपाल आउने भएकी हुन् । उनी कुन कारणले नेपाल आउन लागेकी हुन् । त्यो त खुलेको छैन। तर उनी आउने भने पक्का भएको समाचार स्रोतको दावी छ ।

केही समयअगाडी सम्वन्ध वि’च्छेद गर्दा रवि लामिछानेले अमेरिकामा रहेको घर छोरीहरुको नाममा पास गरिदिने शर्त राखेका थिए । तर केही दिनअगाडी प्रकाशित भएको समाचार अनुसार अमेरिकामा भएको रविको घरमा लिलामी सूचना टाँस गरिएको छ । सूचना अनुसार विगत २ महिनादेखि घरको किस्ता नतिरेको कारण सजक गराइएको छ । अब पनि घरको किस्ता समयमा नतिरेको खण्डमा घर लि’लामी हुनेछ । यसै शिलशिलामा इशा लामिछाने नेपाल आउन लागेको धेरैको बुझाइ छ ।

प्रकाशित मिति August 28, 2019

प्रतिकृया दिनुहोस