न सुन्छ, न देख्छ तर पनि सधै लाइन लागेर किन र कसरी हिड्छ कमिला ? रोचक कारण यस्तो रहेछ

सूचना दैनिक
बुधबार, भदौ ११, २०७६

हामीले प्राय देख्ने गरेका छौ कि कमिला जहाँ जहिल्यै पनि लाइन लागेर हिडेका हुन्छन् । हामीलाई खुल्दुली लाग्न सक्छ कमिला जहिल्यै पनि किन लाइन लागेरै हिड्छन् ? यसको खास कारण अत्यन्तै रोचक रहेको छ ।

मानिसहरुको जस्तो श्वासप्रश्वास गर्नको लागी कमिलाको फोक्सो हुदैन् । तर अक्सिजन र कार्बनडाईअक्साइडको आवागमनले गर्दा कमिलाको शरीरमा स- साना छिद्र रहेको हुन्छ ।

अनि कमिलाको सुन्नको लागी कान र देख्नको लागी आखाँ पनि हुदैन । जब खानाको लागी रानी कमिला बाहिर निस्कन्छ, त्यसबेला रानी कमिलाले बाटोमा फेरोमोन्स नामको रसायन छोडेर जान्छ । सोही सुगन्धको कारणले सुग्दै अरु कमिला पनि पछि पछि लाग्छन् । यसै क्रममा विस्तारै लाइन बनेको हो ।

र यो पनि पढ्नुहोस्

घरबाट कमिला भगाउने सरल उपाय

कमिलाहरूले प्रायः घरका कुनाकाप्चामा गुँड बनाएर बसिदिन्छन् र हामी सबैलाई हैरान गर्छन् । यहाँ हामी यस्ता सटीक उपाय बताउँदैछौं जसलाई प्रयोग गर्नुभयो भने तपाईंको घरमा कमिला टिक्दैनन् ।

चक

चकमा क्याल्सियम कार्बोनेट हुन्छ र कमिलालाई यो फिटिक्कै मन पर्दैन । घरका कुनाकाप्चामा चकको धूलो छर्नुस्, कमिला भाग्छन् ।

मरिचको धूलो

कमिलालाई मरिचको धूलोले साह्रै हैरान गर्छ । त्यसैले कमिला भगाउन तिनको गुँडनजिक मरिचको धूलो छर्नुस् ।

कागती

कमिलाले कागतीको गन्ध सहन सक्दैन । त्यसैले कमिला झुम्मिएको ठाउँमा कागतीको रस मिसाएको पानीले कपडा भिजाएर पुस्नुस् ।

नून

कमिलालाई नून पनि मन पर्दैन त्यसैले कमिला भएको ठाउँमा नून छर्नुस् ।

चुक अमिलो

चुक अमिलो पनि कमिला भगाउन प्रभावकारी हुन्छ । एक बोतलमा बराबर मात्रामा अमिलो र पानी मिसाउनुस् र कमिला भएको ठाउँमा राख्नुस् । कमिला भाग्छन् ।

ल्वाङ र दालचिनी

कमिलालाई ल्वाङ र दालचिनीको गन्ध पनि मन पर्दैन । त्यसैले ल्वाङ र दालचिनी मिसाएर कमिला आउने ठाउँमा राख्नुभयो भने तिनीहरू भाग्छन् ।