वायुसेवा सञ्चालक भन्छन् : “ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन सक्दैनौं”

सूचना दैनिक
बिहिबार, भदौ १२, २०७६

आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ । यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बोर्डिङ्ग पास लिँदै गरेका यात्रुहरु । फाइल तस्विर