कलंकीमा १७ वर्षीया किशोरीमाथि सामू’हिक बला’त्कार, चारजना प’क्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा १७ वर्षीया एक किशोरीलाई बला’त्कार गरेको आरो’पमा चारजना पक्रा’उ परेका छन् । एक रेस्टुरेन्टमा काम गर्ने ती किशोरीलाई दुई–दुई जना युवाको समूहले फरक दिनमा बला’त्कार गरेको खुलेको छ ।

महानगरीय प्रहरी परीसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बला’त्कारमा संलग्न भएको आरोप लागेका चारैजना पक्राउ परिसकेका छन् । दैलेख घर भएकी किशोरीलाई बला’त्कार गरेको आरोपमा धादिङ गजुरी गाउँपालिका–१ का ३ वर्षीय रविन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगर पक्रा’उ परेका छन् । अन्य दुईको नाम प्रहरीले गोप्य राखेको छ ।

कलंकीस्थित पशुपति गेस्टहाउसमा लगेर ती किशोरीलाई बला’त्कार गरेको प्रारम्भिक अनुस’न्धानबाट खुलेको एसएसपी सुवेदीले बताए ।

प्रकाशित मिति August 29, 2019

प्रतिकृया दिनुहोस