खानासँगै काँचो प्याज खाँदा हुनेछन् यस्ता चमत्कारीक फाईदा

काठमाडौ । भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ ।सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । यहाँ हामी प्याजले निको पार्ने चार रोगको चर्चा गर्दैछौं ।

कब्जियत :

प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

रक्तचाप :

प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुस् ।

पत्थरी :

बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

मधुमेह :

काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

घाँटी खसखसाउने :

रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस् ।

रक्ताल्पता :

दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

र यो पनि पढ्नुहोस्

काँचो प्याज खानुका केही फाइदा

आजभोलि हामी सबैको भान्सामा प्याज नभई हुँदैन । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ । काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ ।

काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ । नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।

प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।

प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

प्रतिकृया दिनुहोस्