फेसबुकमा युवकले फोटो राखेपछि युवतीद्धा*रा आ*त्महत्या, युवराज विरुद्ध मु*द्धा द*र्ता

सूचना दैनिक
बिहिबार, भदौ १२, २०७६

ओखलढुंगा । आ’त्मह’त्या दुरु’त्साहनको आरोपमा ओखलढुंगाका एक युवक विरुद्ध मु’द्दा दर्ता भएको छ ।

चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मु’द्दा दर्ता गरिएको हो ।

युवराजले ”सबैको बुढी म” नामक फेक फेसबुक एकाउन्ट खोलेर उक्त अकाउन्टमा गोमाको फोटो राखेका थिए ।

पढाईका लागि काठमाडौंमा रहेका गोमाका दाजुले उक्त नामको एकाउन्टमा आफ्नी बैनीको फोटो देखेपछि गोमालाई फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो?’ जवाफमा उनले ‘मलाई त केही थाहा छैन’ भन्ने बित्तिकै फोन काटियो।

त्यसपछि थुप्रै पटक बहिनीलाई फोन सम्पर्कको प्रयास गर्दा पनि मोबाइल अफ भन्यो । त्यसैदिनको बेलुका गोमाले घरमै आ’त्मह’त्या गरेकि हुन् । युवराजले प्रहरीसँगको बयानमा गोमासँग आफु प्रेमसम्बन्धमा रहेको र धोका दिएपछि फेसबुकमा उक्त एकाउन्ट बनाएको बताएका छन् ।

तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आ’त्मह’त्या गरेकी थिइन् ।

आ’त्मह’त्या गर्नुअघि उनले लेखेको ‘सुसा’इड नोट’ फेला परेको थियो । सुसा’इड नोटमा उनले लेखेकि छन्, ”मेरो नाममा फेक फेसबुक अकाउन्ट बनाउँनेलाई सजाय भए मात्र मेरो आत्माले शान्ति पाउँनेछ ।”

गोमाको परिवारले फेसबुकको ‘फेक आइडी’ खोलेर उनलाई बदनाम गराई आ’त्मह’त्याका लागि दुरु’त्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा युवराजले गोमालाई आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मु’द्दा दर्ता गरिएको बताए।

युवराजले प्रहरीसँगको बयानमा गोमाको फेक आइडी खोलेर बदनाम गरेको स्वीकारेका हुन् ।

जिल्ला अदालतमा दर्ता भएको आ’त्मह’त्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो ।