सबैले जानिराखौं : यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन

सूचना दैनिक
शुक्रबार, भदौ १३, २०७६

काठमाडौं । मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुनका गहना लगाउन मानिसहरु धेरै सौखिन हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन् । चाडपर्व, बिबाह आदिमा महिलाहरु बढी सुन लगाउछन् ।

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।

तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।

सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ:-

१) देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ ।

२) खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।

३) घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४) सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५) गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।

६) साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।

७) ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

८) सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।

९) वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

१०) फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११) सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

१२) कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।

१३) पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

सुन भेट्टाउनु वा हराउनु पनि अशुभ ? जानि राखौँ सुनसँग जोडिएका १३ रोचक कुरा !

ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ ।

तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ ।

तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे ।

खुट्टामा सुन नलगाउनुहोस्ः

खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ ।

घरको यो दिशामा राख्नुहोस् सुनः

केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् ।

यसरी राख्नुहोस् सुनः

सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ ।

गर्भवतीले नलगाउनुस् सुनः

गर्भवती र वृद्धाले सुन धारण गर्नबाट बच्नुहोस् । थोरै लगाउन सक्नुहुन्छ तर धेरै लगाउनुहुन्छ भने समस्या सुरु हुनसक्छ ।

यदि सन्तान चाहिएः

सन्तान भइरहेको छैन भने देब्रे हातको साँहिली औंला (रिंग फिंगर) मा सुन लगाउनुहोस् । सुनले बिस्तारै आफ्नो असर देखाउँछ र सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ ।

सुन दानः

ज्योतिष अनुसार यो धातुको कारक वृहस्पती भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण, पुजारी वा गुरुलाई गर्नुहोस् । कुनै पनि अपरिचित वा अप्रिय व्यक्तिबाट सुन नलिनुहोस् ।

सुन भेट्टाउनु र हराउनुः

सुन भेट्टाउनु वा हराउनु पनि अशुभ मानिन्छ । सुनको वस्तु हराउँदा झगडा वा रोग लाग्ने गर्दछ । भेट्टाएको सुन घरमा राख्दा खर्च बढ्नेछ ।

दाम्पत्य जीवन खुसी बनाउनका लागिः

दाम्पत्य जीवनलाई खुसी बनाउनका लागि घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् ।

जो फलामको काम गर्छन्ः

जसले फलाम, कोइला वा शनि सम्बन्धि धातुको व्यापार गर्दछन्, उनीहरुले सुन लगाउनु हुँदैन । यसले व्यापार नोक्सान हुन्छ । सुन लगाउन आवश्यक छ भने आफ्नो कुण्डली अनुसार ज्योतिषीसँग सल्लाह लिएर लगाउनुहोस् ।

सुन र स्वास्थ्यः

सुनले ऊर्जा र गर्मी दुबै पैदा गर्दछ । यदि रुघा–खोकी वा साससम्बधि रोग छ भने कान्छी औंलामा सुन धारण गर्नुहोस् । सुनको पानी पिउँदा इम्युनिटी पावर बढ्छ ।

कम्मरमा सुन नलगाउनुहोस्ः

कम्मरमा सुन लगाउनु हुँदैन किनभने यसले तपाईंको पाचन तन्त्र खराब हुनसक्छ । साथै पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

स्वास्थ्यका दृष्टिकोणले यस्ता व्यक्तिले सुन नलगाउनुहोस्ः

जसलाई पेट वा मोटोपनाको समस्या छ उनीहरुले सुन लगाउनु हुँदैन । जसलाई अत्यधिक रिस उठ्छ, त्यस्ता मानिसहरुले पनि सुन लगाउनु हुँदैन ।

कहिले पनि हुँदैन अपवित्रः

सुन कहिले पनि अपवित्र हुँदैन । श्मसान, सूतक वा कुनै प्रकारले अपवित्र भएका व्यक्ति सुन लगाउँदा वा सुन पानी आफूमाथि छर्कंदा पवित्र हुने गर्दछ ।