कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम !,

फिलिपिन्स– विश्वका हरेक समुदायमा कुरा का’ट्ने कोही न कोही त हुन्छन् । कुरा का’ट्ने मान्छे नभएको सायदै कुनै समुदाय होला । तपाईं हाम्रै समुदाय वा साथी भाइको समूहमा पनि कुरा का’ट्ने कोही न कोही त हुन्छन् नै ।

कुरा का’ट्ने बानी रोकेर रोकिने त होइन । तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा का’ट्नै प्रतिबन्ध लगाउँदै आएको छ ।

राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा का’ट्न प्रतिबन्ध लगाएको हो ।

शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा का’ट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा का’ट्न प्रतिबन्ध लगाइएको छ ।

यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन ।

यद्यपि कुन स्तरको संवादलाई कुरा का’टेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।

पहिलो पटक कुरा का’ट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३.८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।

पटक पटक यस्तै ‘अपराध’ दोहो¥याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ ।

शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

प्रकाशित मिति August 30, 2019

प्रतिकृया दिनुहोस