राज्यलाई अरबौं ठ’ग्ने एनसेल बहिष्कार गरौं : रेखा थापा

सूचना दैनिक
शनिबार, भदौ १४, २०७६

काठमाडौं। नायिका रेखा थापाले एनसेलले राज्यलाई ठगेको भन्दै बहि’ष्कार गर्न भनेकी छिन् । आफूले एनसेल प्रयोग गर्न छाडिसकेको जानकारी दिँदै तीन करोड नेपाली जनतालाई एनसेल बहि’ष्कार गर्न आह्वान गरेकी छिन् ।

एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘एनसेलले राज्यलाई अरबौं ठगेको छ , तीन करोड नेपालीले यसलाई बहि’ष्कार गर्नुपर्छ ।’ उनले एनसेल मात्र नभई राज्यलाई ठ’ग्ने’हरुविरुद्ध आफू सधै सडकमा आउन तयार रहेको समेत बताइन् ।

एनसेल प्रकरणमा राज्य दो’षी भएकोसमेत उनको भनाई थियो । ‘गरिब नेपाली जनताले कर तिर्नुपर्ने तर एनसेलले तिर्नुनपर्ने ?’ उनले प्रश्न गरिन् । उनले साँच्चै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्न नहुनेसमेत बताइन् ।

एनसेलले आर्जन गरेको पैसा विदेशमा पसिना बगाउनेले हेलो भनेको पैसा हो भन्दै किसान र मजदूरको रगत र पसिना चु’से बराबर भएको बताइन् ।