श्रीमान् मरेको ६ घन्टामा श्रीमतीले पनि गुमाइन् ज्यान ! दुवैलाई एउटै चितामा जलाइयो

सूचना दैनिक
आइतवार, भदौ १५, २०७६

इलाममा घट्यो अनौठो घटना

श्रीमान र श्रीमतीले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर सँगसँगै भएका श्रीमान र श्रीमतीको एकैसाथ मृत्यु भएको र सँगसँगै शव उठाएको घटना बिरलै पाइन्छ ।

धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि नेपाली समाजमा छ ।

इलाम । कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्या’न जा’नु अनौठो घट’नाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अ’नौठो घ’टना भएको छ । करिब ६ घण्टा’को अन्तरमा श्रीमान र श्रीमतीको मृ’त्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ ।

ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृ’त्यु भएको छ ।

उनीहरुको ६ घण्टाको फरकमा नि’धन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यस्तो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।