नेपाली बैंकमा चिनियाँ ह्‍या’करको आक्र’मण ! एकै रातमा अर्बौं लु’ट्ने योजना असफल

सूचना दैनिक
आइतवार, भदौ १५, २०७६

काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न एटिएम बुथबाट अर्बौं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले असफल पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच जना चिनियाँ ह्याकरको समूहलाई शनिबार राति प’क्राउ परेपछि उनीहरुको योजना असफल भएको हो ।

पक्राउ परेकाहरु कोही दुई दिनअघि र कोही शनिबार मात्रै नेपाल आएको खुलेको छ । उनीहरु सबै भिजिट भिसामा आएका हुन् । महानगरीय प्रहरी परिसरले उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली र १० हजार अमेरिकी डलरसमेत बरामद गरेको डीएसपी होविन्द्र वोगटीले बताए ।

चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएम भिसा कार्डको सिस्टम ह्याक गरेर एटिएम बुथमा रहेको सबै रकम निकालेको प्रारम्भिक अनुस’न्धानबाट खुलेको छ । प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ । प्रहरी अधिकारीका अनुसार काठमाडौंकै १४ बढी विभिन्न बैंकका एटिएम ह्याक भएका छन् ।

चिनियाँ ह्याकरले सबैभन्दा बढी रकम नबिल बैंक, प्रभु बैंक लगायतको एटिएम बुथको सिस्टम ह्याक गरेर रकम झिकेको खुलेको छ । ह्याकरको समूहले सर्भिस प्रोभाइडरमै साइबर आक्रमण गरेर रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिसर काठमाडौंका एसएसपी सुवेदीले भने, ‘‘शनिबार राति मात्रै अर्बौं रुपैयाँ एटिएमबाट लुट्ने योजना रहेछ । प्रहरीले समयमै जानकारी नपाएको भए एकै रातमा ठूलो रकम लुटिन सक्थ्यो ।’’

प्रहरीले पाँचै जना चिनियाँ ह्याकरको समूहलाई दरबारमार्गबाट पक्राउ गरेको हो । एसएसपी सुवेदीले भने, ‘‘उनीहरुले रकम झिकेर आज या भोलि चीन फर्किनेसम्मको योजना बनाएका रहेछन् । एटिएमबाट लुटिएको रकम हुण्डीमार्फत् चीन पठाउने योजना रहेछ ।’’ उनीहरुको साथबाट विभिन्न बैंकमा एक सय बढी एटिएम कार्ड बरामद भएको दोभाषे बोलाएर थप अनुसन्धान गरिररहेको एसएसपी सुवेदीले बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले केही बैंकको एटिएममा समस्या आएको र समाधानको प्रयास भइरहेको बताए ।