रकम चो’रेर भोलि फर्किने योजना थियो चिनियाँ ह्‍या’करको

काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट अर्बौं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले अस’फल पारेको छ । भदौ १३ गते शुक्रबार नेपाल आएको चिनियाँ टोलीले काठमाडौंका नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट रकम निकालेको प्रहरीले जानकारी दिएको छ ।

साबिकको रकम झिक्ने फ्रिक्वेन्सीभन्दा निकै चाँडो रकम झिकेपछि शंका लागेर प्रहरीलाई खबर गरेपछि दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट एकजना चिनीयाँ नागरिकलाई प्रहरीले पक्रा’उ गरेको थियो ।

दरबारमार्ग, कमलपोखरी र सोर्‍हखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्रा’उ परेका एकजनाको बयानका आधारमा अन्य चारजनालाई पनि हात्तिसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ बाट उनीहरुलाई पक्रा’उ गरेको हो । उनीहरुले होटलबाट निस्किने क्रममा पक्रा’उ गरेको हो ।

पक्रा’उ पर्नेमा लीङ ज्यामिङ (पासपोर्ट नम्बर – E32377713), लुओ ज्यालिप (पासपोर्ट नम्बर – E095526374), झु लियाङग्याङ् (पासपोर्ट नम्बर – Ec1937558), क्यू योङसिङ् (पासपोर्ट नम्बर – EH0277650) र सेन बिनबिन (पासपोर्ट नम्बर – E89056825) रहेका छन् ।

उनीहरुको साथबाट एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, यूएस नौ हजार एक सय आठ, चिनीयाँ मुद्रा ११ सय ११, यूरो दुई सय पचास, कम्बोडियन पाँच हजार, हङकङ डलर ८० सहित एटीएमबाट रकम झिक्न प्रयोग गरिने सामग्रीहरु नक्कली भिसा १३२ थान, सक्कली भिसा थान १७ थान, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल छ थान, ल्यापटप एक थान, सामसुङ एक थान र डाटा कार्ड एक थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भदौ १६ गते सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए ।

प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।

र यो पनि पढ्नुहोस्

अधिकांश बैंकको एटिएम सञ्चालनमा, सम्बन्धित बैंकबाट मात्र पैसा निकाल्न मिल्ने

काठमाडौं– ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो ।

गए राति राजधानीको दरबारमार्ग र ठमेलबाट पाँच जना चिनियाँ ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो ।

नविल बैंकको एटिएमबाट ह्याक गरेर रकम निकाल्दै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको थियो ।

यसैबीच एटिएम ह्याक भएको विषयमा राष्ट्र बैंकले विभिन्न बैंकहरुसँग छलफल गरेको छ । छलफलपछि अधिकांश बैंकको एटिएम चलेका छन् तर प्रभु बैंक र एनआइसी एसियाको भने एटिम सञ्चालनमा आएको छैन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने कुनै पनि खाताबाट रकम नझिकिएको बताए । उनले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति September 1, 2019

प्रतिकृया दिनुहोस