यी हुन् नेपाल आएका चिनियाँ ‘प्रोफेसनल’ चो’र ! नेपाल छिरेको भोलिपल्टै चो’रे १ करोड २६ लाख

नेपाल प्रहरीले अना’धिकृत रुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्रा’उ गरि सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्य’रातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अना’धिकृत रुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । पक्रा’उ पर्नेमा लीङ ज्यामिङ (पासपोर्ट नम्बर – E32377713), लुओ ज्यालिप (पासपोर्ट नम्बर – E095526374), झु लियाङग्याङ् (पासपोर्ट नम्बर – Ec1937558), क्यू योङसिङ् (पासपोर्ट नम्बर – EH0277650) र सेन बिनबिन (पासपोर्ट नम्बर – E89056825) रहेका छन् ।


नेपाली बैंकबाट पैसा लुट्ने कार्यमा संलग्न पाँच चिनयाँ। तस्विर: नेपाल खबरका लागि दीपक खरेल

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान समेत बरामद गरेको छ।

प्रहरीका अनुसार भारत हुँदै शुक्रबार उनीहरु नेपाल आएका थिए। सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने उनीहरूको योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले भने । प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ ।

प्रकाशित मिति September 1, 2019

प्रतिकृया दिनुहोस