भारतकाे गुप्तचर ‘रअ’ ले फ्याँकेकाे थियाे नेपालकाे राजतन्त्र, एउटा किताबबाट खुलासा

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्।

हालै प्रकाशित आफ्नाे पुस्तक ‘इनसाइड नेपाल’ मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन ‘रअ’ ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्।

जसरी भए पनि राजतन्त्र हटाउन भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउनु परेको अवकाशप्राप्त अधिकारी भूषणले आफ्नो पुस्तकमा लेखेका छन्।

रअले प्रचण्डलाई फकाउन लामो समय खर्चिएको पुस्तकमा चर्चा गरिएको छ। रअकै योजनाबमोजिम प्रचण्ड राजतन्त्रविरुद्ध नेपालका अन्य राजनीतिक दलसँग सहकार्य गर्न पुगेका पुस्तकको दाबी छ। यसका लागि रअ र माओवादीबीच विभिन्न चरणमा छलफल भएका थिए। शुरुमा रअको योजनाप्रति माओवादी नेता प्रचण्ड आशंकित देखिन्थे। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

प्रकाशित मिति September 3, 2019

प्रतिकृया दिनुहोस