पूजापाठ गर्न मन्दिर पुगेका पूर्वयुवराज पारस शाहले ‘न’शा’मा यस्तो बोलेपछि सबै चकित

काठमाडौं । विमानस्थलमा प्रहरीका सइ कु’टेर वि’वादमा मुझिएका पुर्वयुबराज पारस शाहको घटना सेलाउन नपाउंदै फेरी अर्को हंगामा गरेका छन् । प्रायः वि’वादमा आउने गरेका पूर्वयुवराज पारस शाहको सोमबारको बसन्तपुर क्षेत्रमा रहेका मठमन्दिरको पूजाका क्रममा पनि खासै उत्तम व्यवाहार देखिएको छैन । उनको जय जयकारका नारा लागे पनि अपरान्ह नै उनी मस्त न’शामा देखिएका थिए । न’शामै उनले उक्त क्षेत्रको भ्रमण र पुजाआजा गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सर्वसाधारणसँग फूलगुच्छा लिँदा हल्लिरहेका शाहले पूजा पनि न’शाकै सुरमा गरेका थिए । त्यसपछि सर्वसाधारणमाझ संवादको कार्यक्रम थियो जसमा उनले भनिदिए– ‘म बोल्दिन !’

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डमा रहेका कारण पारसलाई राजावादीले बसन्तपुरको कुमारी, काल भैरवलगायतका मन्दिरमा हुने विशेष कार्यक्रममा बोलाएका थिए । उनी कार्यक्रममा आए, अनुहार चम्किलो पनि थियो तर पुरै न’शामा थिए । कुमारी, काल भैरव मन्दिरमा पुजाआजा पनि गरे । कार्यक्रममा सहभागी मध्येका एक जना भन्छन्,‘अन्य बेला भन्दा फरक मुडमा देखिनुहुन्थ्यो, न’शामा नै रहेको जस्तो देखिन्थ्यो । उहाँको बोली सुन्दा पनि त्यस्तै लाग्यो ।’ उनको बोलि सुनेर त्यहाँ उपस्थित सर्वसाधारण पनि चकित परेका थिए ।

केहिदिन अघि मात्रै पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभ’द्र व्यवहार गरेको भनेर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टीकरण दिएका थिए । शाहले गत सोमबार राति फेसबुकमा स्टाटस लेखेर प्रहरीले आफ्नो छोरा हृदयन्द्रलाई दुर्व्यवहार गर्दै लठ्ठीले हान्न खोजेपछि बुबाको नाताले गर्नुपर्ने कर्तव्य पुरा गरेको बताएका छन् ।

एउटा बुबाले आफ्नो छोरालाई बचाउन गरेको सो कार्यलाई फैसला गर्ने जिम्मा पूर्वयुवराज शाहले नेपाली जनतालाई छाडिदिएका छन् । ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन’, पूर्वयुवराज शाहले भनेका छन्, ‘र उनीमाथि जाइलागे त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए ।’

‘मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे’, उनले भनेका छन्, ‘यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु ।’ पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा कारबाहीको माग गरिएको छ । तर, ती प्रहरीले पूर्वयुवराज शाहलाई र उनको परिवारलाई गरेको व्यवहारका बारेमा केही भनिएको छैन ।

पूर्वयुवराज शाहले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक ईश्वर खत्रीलाई हात’पात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उता, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ । आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा पूर्वयुवराज पारसले सई खत्रीमाथि झम्टिएको देखिएको छ । आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै छिन् ।

यसैबीच शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानविन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो ।

‘अलिकति धक्का दिएको त भिडियोमै देखिएको छ । तर, मैले विमानस्थल प्रहरीलाई के हो विवरण चाहियो भनेर भनेको छु’, रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले भने, ‘विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् । ‘अहिलेसम्म उजुरी परेको छैन, अब छानविनको निष्कर्ष अनुसार हुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) क्षेत्रीले भने, ‘आम सर्वसाधारणको उजुरी हेर्ने निकायले आफ्नै प्रहरीले दिएको उजुरीमा नहेर्ने भन्ने कुरै हुँदैन । हाम्रो अफिसरले उजुरी दिएको खण्डमा पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’

पूर्वयुवराज शाह उद्दण्ड स्वभावका कारण पटक–पटक वि’वादमा आइरहने व्यक्ति हुन् । उनी थाइल्याण्डमा बसेका बेला ४ पटकसम्म लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । नेपालका पूर्वयुवराजलाई ०७१ साल असोजमा हत्कडी लगाइएको तस्वीर थाइल्याण्डबाट सार्वजनिक भएको थियो ।

थाइल्याण्डबाट फर्किएपछि २८ जेठ ०७५ मा पारसले थापाथलीमा ट्राफिक नियम उल्लंघन गरेको घटना सार्वजनिक भयो । जावलाखेलबाटै ट्राफिक नियम मिचेर हुइँकिएको बा १४ च २१३१ नम्बरको गाडीलाई थापाथलीमा प्रहरी जवान सुष्मा चौधरीले कागजपत्र मागेकी थिइन् । तर, उनले प्रहरी जवानलाई नै ठक्कर दिने गरी गाडी हुइँक्याएका थिए ।

त्यसो त २२ साउन ०५७ मा पनि शाहले चलाएको गाडीको ठक्करबाट प्रवीण गुरुङको मृ’त्यु भएको थियो, जसमा नक्कली चालक खडा गरेर उनलाई जोगाइएको आशय पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले आत्मकथामा व्यक्त गरेका छन् । प्रवीण गुरुङको मृ’त्युपछि तत्कालीन अनेरास्ववियूले पारसमाथि कारवाहीको माग गर्दै आन्दोलन गरेको थियो, जसको नेतृत्व रवीन्द्र अधिकारीलगायतले गरेका थिए ।

त्यस्तै, २५ मंसिर ०६७ मा मध्यरातमा चितवनको टाइगर टप्स होटलमा तत्कालीन परराष्ट्र मन्त्री सुजनाता कोइरालाका ज्वाईँ रुबेल चौधरीमाथि गो’ली चलाएको आरोपमा पारस पहिलोपटक प’क्राउ परेका थिए । त्यसअघिका वि’वादमा राजपरिवारकै सदस्य भएका कारण सहजै उन्मुक्ति पाउँदै आएका पारस शाह रुबेलमाथि गोली प्रहार गरेको घटनामा १० हजार धरौटी तिरेर तारेखमा छुटेका थिए ।

पूर्वयुवराज शाह श्रीमती हिमानीसँगको सम्बन्धका कारण पनि वेलावेला वि’वादमा आउने गरेका छन् । थाइल्याण्डमा रहँदा स्थानीय कन्निका चाइसानसँग उनको सम्बन्ध रहेको खुलेको थियो । पारससँगको अ’न्तरंग तस्वीर उनैले सार्वजनिक गरेकी थिइन् । त्यसैगरी ०६८ सालमा उनले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई पिटेको समाचार पनि बाहिर आएको थियो ।

पूर्वयुवराज हुँदा वा त्योभन्दा अघिपछि पारसबाट हुने गरेका उद्दण्ड क्रियाकलापका किस्साहरु धेरै पाइन्छन् । एकताका उनले पद्मसुन्दर लावतीका छोरा सुगुन लावतीलाई बाथरुमभित्र लगेर पि’टेका थिए । भलै, अहिले सगुन लावती राप्रपामा रहेर राजतन्त्रकै पक्षमा वकालत गरिरहेका छन् ।

पारशको वि’वादास्पद छविको श्रृंखला यतिमा मात्र सीमित छैन, ०६६ सालमा उनी भारतीय नक्कली रुपैयाँ कारोबारको घटनामा पनि मुछिए । मध्यप्रदेशको एन्टी टेरोरिज्म सेलले नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय नागरिक राजेश गुप्तालाई पक्राउ गरेपछि उनको संलग्नताबारे भारतीय सञ्चारमाध्यमले समाचार लेखेका थिए ।

त्यसवेला द इन्डिया टाइम्सले लेखेको एक समाचारमा शाहले अन्डरवर्ल्ड डन दाउद इब्राहिमको र्‍याकेटमा नेपालबाट सहयोगीको रुपमा भूमिका खेलेको गम्भीर आरोप लगाइएको थियो । उक्त समाचारमा शाहसँगै युनुस अन्सारीलाई पनि भारतीय मिडियाले मुछेका थिए । तथापि, पारशमाथि लागेको यो आरोपको पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति September 3, 2019

प्रतिकृया दिनुहोस