दशैँमा खसिको मासुकाे भाउ कम्तीमा १६०० रुपैयाँ किलो पुग्ने, पाउनै मुस्किल

काठमाडौँ । दशैँ, तिहार लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्यले भने सिमा नाघ्न थालेको छ । बजारमा केही दिनयता खसीको मासुको मूल्य अस्वभाविक रूपले वृद्धि भएको छ । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य अकासिएको हो ।

एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो ।

अहिले दुब्लोपातलो खसीको जिउँदो मूल्य प्रतिकेजी ६ सय, मध्यमखालको साढे ६ सय सय र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य ७ सय ५० सम्म पुगेको बताइएको छ । भारतबाट खसीबोका नआए मूल्य अझै अकासिने मासु व्यवसायीले बताएका छन । दशैँको समयमा भारतबाट खसी नआए खसिको मासुमा ब्यापक वृद्धि हुने बताइन्छ । कम्तीमा १६०० रुपैयाँ किलो पुग्ने अनुमान व्यवसायीले लगाएका छन । अहिले काठमाडौंमा १३ सय ५० देखि १४ सय रुपैयाँ किलो सम्ममा खसिको मासुको कारोबार भइरहेको मासु व्यवसायीले बताएका छन ।

व्यवसायिक उत्पादनमा सरकारको जोड नपुग्दा पनि यस्तो समस्या आउने गरेको जानकारहरूको बुझाई छ । नेपालमै उत्पादित पहाडको खसी पेट ठूलो भएका कारण काट्दा बिक्री योग्य मासु कम हुन भएकाले पनि महँगो पर्न जाने व्यवसायीले बताएका छन । व्यवसायीहरूका अनुसार यस पटकको दशैंमा खसी भन्दा च्याङ्ग्रा सस्तो हुने देखिन्छ ।

प्रकाशित मिति September 3, 2019

प्रतिकृया दिनुहोस