एक दिनमा मानिसलाई कति प्रोटिनको आवश्यकता पर्दछ ? जान्नुहोस् कुन खानेकुरामा कति प्रोटिन हुन्छ ?

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ । मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ ।

प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।

प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला ब्रि्रन गइ मान्छेको मृ’त्यु समेत हुन्छ । मानिसको शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने काम पनि मिर्गौलाले नै गर्छ ।

शरीरको अत्यन्त महत्वपूर्ण अंग पनि हो मिर्गौला । मिर्गौलामा रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन

उच्च रक्तचाप र मधुमेहका रोगीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन । त्यसैले हामी विरामीलाई समय समयमा रगत र पिसाव जचाउनु पर्दछ ।

मिर्गौलालाई बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।

प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ। शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको हुन्छ। थाहा पाऔं प्रोटिन बढी पाइने खानेकुराहरु :

एकदिनमा कति प्रोटिन जरुरी ?

युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रीकल्चका अनुसार शरीरको तौलको हिसाबमा प्रतिदिन ०.८ ग्राम प्रोटिन जरुरी हुन्छ। उदाहरणका लागि यदि तपाईंको तौल ६० किलो छ भने ४८ ग्राम (६० किलो गुणा ०.८) प्रोटिन जरुरी पर्छ। यदि स्ट्रेन्थ तालिम गरिरहनुभएको छ भने तौलको हिसाबले प्रतिकिलोग्राम १.५ देखि २ ग्राम प्रोटिन आवश्यक हुन्छ।

सिमी
सिमी प्रोटिनको निकै राम्रो स्रोत हो। पोषणविद् यसलाई प्रोटीनको पावरहाउस पनि भन्छन्। यसमा शरीरलाई आवश्यक फाइबर भरपूरमात्रामा पाइन्छ। सुकाइएको र हरियो सबै खालका सिमीमा प्रोटिन पाइन्छ। यसमा पर्याप्तमात्रामा भिटामिन ए, सी, के र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्यांगनिज, बिटा क्यारोटिन, प्रोटिन, पोटासियम र कपर पायन्छ। एक कप उमालिएको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ।

माछा
एमिनो एसिड भरपूर पाइने भएकाले माछा प्रोटिन एक राम्रो स्रोत हो । माछामा लाइसिस र थ्रियोयिन तत्व पाइन्छ । साना माछा हड्डीसमेत उपभोग गर्नाले क्याल्सियम पनि राम्रो पाइन्छ । माछामा पाइने स्याचुुरेटेड फ्याट, अधिक मात्रामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिडका कारण यो स्वास्थ्यबद्र्धक मानिन्छ । माछामा भिटामिन, खनिजलगायत कयौं प्रकारका पोषक तत्व पाइन्छ ।

अण्डा
अण्डा खानाले शरीरका लागि आवश्यक भिटामिन र खनिज पाइन्छ । अण्डामा निकै प्रकारका पौष्टिक तत्व पाइन्छ, जसबाट भिटामिन र प्रोटिन पाइन्छ । १०० ग्राम उमालेको अण्डामा भिटामिन ए १० प्रतिशत, भिटामिन डी २१ प्रतिशत, १८ प्रतिशत भिटामिन बी १२, ५ प्रतिशत भिटामिन बी ६, म्याग्नेसियम २ प्रतिशत, आइरन ६प्रतिशत, सोडियम १२४ मिलिग्राम, पोटासियम १२६ मिलिग्राम, कोलेस्टेरोल ३७३ मिलिग्राम र प्रोटिन १३ ग्राम पाइन्छ ।

पनिर र डेरी उत्पादन
पनीर, दही, चिजजस्ता डेरी उत्पादनमा प्रोटीन भरपूरमात्रामा पाइन्छ । चिजको तुलनामा पनीर र दहीमा क्यालोरी पनि कम हुन्छ । त्यसैले यी चिज खाँदा डाइट प्लानमा कुनै फरक पर्दैन । गाइको दूूधबाट बनेको १०० ग्राम पनीरमा १८.३ ग्राम प्रोटीन हुन्छ, जो अण्डाभन्दा कयौं गुणा बढी हो ।

उमारिएको गेडागुडी
गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुुडीमा प्रोटीन निकै बढी पाइन्छ । एक कप उमारिएको अनाजमा १३ देखि १६ ग्रामसम्म प्रोटिन हुन्छ । यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ । उमालेर या पकाएर खानाले पनि यसमा भएको प्रोटिनले फाइदा नै दिन्छ ।

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।

प्रोटिन अभावका लक्षण

पातलो रौँ
रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने
प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान
प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु
प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

बारम्बार विसन्चो हुनु
स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला
झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

धेरै प्रोटिन पाइने खाद्यवस्तु
दालः दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ । अण्डाः अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।

प्रतिकृया दिनुहोस्