नेपालका राजन अधिकारी विश्वकै अग्लो व्यक्तिहरुको तेस्रो स्थानमा - Suchana Daily

नेपालका राजन अधिकारी विश्वकै अग्लो व्यक्तिहरुको तेस्रो स्थानमा

Loading...
Update Department | प्रकाशित भएको : September 3rd, 2019

काठमाडौं । नजिकको तिर्थ हेला भन्ने नेपाली उखान एकदमै चर्चामा रहेको छ । यस्तै नेपालमा पनि विश्वको सबैभन्दा अग्लो व्यक्तिहरुको तेस्रो स्थानमा पर्ने व्यक्ति छन् । यस्तै व्यक्तिका बारेमा आज हामी तपाईलाई जानकार दिन गइरहेका छौं । नेपालकै सबैभन्दा अग्लो व्यक्तिकाबारेमा तपाईलाई कति जानकारी छ ?

आउँनुहोस् जानौं नेपालको सबैभन्दा अग्लो व्यक्ति अनी विश्वको चाँही तेस्रो अग्लो व्यक्ति यो लिस्टमा भारत, पाकिस्तान लगायत धेरै देशहरुको नाम छैन। उनको नाम हो राजन अधिकारी जो पहिलो पटक मिडियामा आएका छन् । उनी खोटाङ जिल्लाको साविकको मात्तिम गाविसका स्थायी बासिन्दा हुन् । पछि बसाई सरेर मधेस झरेका हुन् । इटहरीबाट काठमाडौंमा एक कामको शिलशिलामा आएका राजन अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कुरा गरेका छन् ।

७ फिट ३ इन्च उचाई भएका राजन नेपालकै सबैभन्दा अग्लो र विश्वको तेस्रो अग्लो व्यक्ति हुन् । कुराकानीकै क्रममा उनले अग्लो हुनुको फाईदा र बेफाईदा पनि बताएका छन् । ४२ बर्षका राजन अधिकारीलाई अहिले हिड्नका लागि राम्रो आफु सुहाउँदो बाईक नभएको र शरीरमा पनि बिभिन्न रोगहरु रहेको दुःख सुनाए ।

उनी ४२ बर्षको भएपनि ६० कटेको व्यक्तिलाई जस्तो थकान महसुस हुने र पिडा हुने समस्या रहेको छ । हड्डीमा पनि समस्या रहेका कारण उनी काठमाडौंमा आएका थिए । आफुलाई राज्यले विशेष रुपमा नहेरेको उनको गुनासो छ । रमाइलोको क्रममा स्कुलमा आफ्नाबारेमा पढेर आएर छोराले सुनाउँदा खुशी लाग्ने पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु