कास्की- २ अपडेट : खेमभन्दा विद्या साढे ४ हजार मतले अगाडी

सूचना दैनिक
आइतवार, मंसिर १५, २०७६

पाेखरा, १५ मंसिर । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईकाे अग्रता कायमै रहेकाे छ । याे समाचार तयार पार्दासम्म पोखरा महानगर ३३, २१ र २० नम्‍बर वडाको मत गणना सकिएको छ । जसअनुसार नेकपाकी विद्याले ८ हजार २ सय ६५ मत ल्याउँदा खेमराजले ३ हजार ६ सय ८२ मत ल्याएका छन् । याे मतान्तर साढे ४ हजारभन्दा बढी हाे ।

कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता रहे पनि ४५ हजार ५६३ जनाले उपनिर्वाचनमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । यहाँ करिब ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।