स्वर्ण गुमाउँदाको पीडा ….

सूचना दैनिक
मङ्लबार, मंसिर १७, २०७६

१७ मंसिर, काठमाडौं । पहिलो सेटमा २५–१७ को हार । तर दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२४ र २५–२१ को जित । पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको नेपाली महिला टोली स्वर्ण पदक नजिक थियो ।

चौथो सेटमा पनि राम्रो प्रदर्शन गरेको थियो । तर उसले २५–२० ले भारत विजयी भयो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको अन्तिम सेट पनि भारतले जितेपछि सागमा स्वर्ण जित्ने महिला भलिबल खेलाडीहरुको सपना टुट्यो ।

कप्तान अरुणा शाहीदेखि सबै खेलाडीहरुले आफूलाई सम्हाल्न सकेनन्, आँसु लुकाउन सकेनन् ।