बधाई ! राम लिम्बु बने ‘भ्वाइस अफ नेपाल’ सिजन-टुको बिजेता

काठमान्डौ , राम लिम्बू ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको विजेता बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् ।

राम टिम प्रमोदबाट हुन् । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।योसँगै राम लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।‘भ्वाइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए ।

उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए । सिजन–१ मा कोचमा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप पौडेल र अभया सुब्बा थिए । अभया र सनुपका ठाउँमा सिजन–२ मा राजु लामा र आस्था राउत भित्रिएका थिए । ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल हुन् ।

प्रकाशित मिति December 8, 2019

प्रतिकृया दिनुहोस