झापामा रहेको सहकारी संस्थाको भवनमा बम पड्काउने विप्लवका इञ्चार्ज प क्रा उ

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

ताजा समाचार । २२ मंसिर, काठमाडौं :

नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्रा-उ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन्।

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्रा-उ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।

बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्रा-उ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। शुक्रबार साँझ काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।