मोवाइल पसलको रोचक अफर, स्मार्टफोन किन्दा प्याज सित्तैमा

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

२२ मङ्सिर, काठमाडौं । प्याजको मूल्य आकाशिएको छ । प्याजको बढ्दो मूल्यले आम नागरिक समस्यामा परेका छन। प्याजको बढ्दो मूल्यका कारण धेरैले प्याज खान नै छाडेका खबर पनि आइरहेका छन् । प्याजको मूल्य नेपालमा मात्र नभइ छिमेकी देश भारत र बंगलादेशमा पनि आकाशिएको छ ।

यही बीचमा भारतको तमिल नाडुको पट्टुकोट्टइमा एक मोवाइल व्यापारीले आफ्नो स्मार्टफोन बेच्ने रोचक तरिका निकालेका छन् । भारतीय मिडिया आज तकको समाचार अनुसार यी पसलेले स्मार्टफोन किन्ने ग्राहकलई सित्तैमा प्याज दिने घोषणा गरेका छन् । पसल मा स्मार्टफोन किन्न आएका एक ग्राहकले यो अफरले आफूलाई फाइदा भएको बताए ।

एसटी आर मोवाइल नामको मोवाइल फोन बिक्री गर्ने पसल चलाउने सतीश अल नामका यी पसलेले घोषणा गरेका छन् कि जसले उनको पसलबाट मोवाइल फोन किन्छ उसले १ किलो प्याज सित्तैमा पाउँछ। यो घोषणापछि राम्रो प्रतिक्रिया आएको सतीशले बताए । प्याजको मूल्य आकाशिएसंगै विभिन्न खालका टिका टिप्पणी आउने गर्छन ।