रेस्टुरेन्टमा खाना खाएपछि जब हात कुहिन थाल्यो, त्यसपछि …

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

एजेन्सी – हामिले कहिलेकाही होटल तथा रेस्टुरेन्टमा खाना खान गइरहेका हुन्छौ । होटलमा खान खान्छौ तर खासै असर भने गर्दैन । तर कहिलेकाही होटलमा खाने खानाले समस्या समेत आउने गर्छ । आफ्नो घरमा हामि आफैले बनाएको खाना खान्छौ । तर बाहिर होटलको खाना कस्तो हुन्छ, स्वादले मात्र थाहा हुन्छ ।

कहिलेकाही होटलमा खाएको खानाले बिरामी समेत भइन्छ । यस्तै केहि समयअघि दक्षिण कोरियामा एक घटना घट्यो । दक्षिण कोरियाका रेस्टुरेन्टमा एक ७१ वर्षीय वृद्धले खाना खादा खाइपासो भएको छ । उनले उक्त रेस्टुरेन्टमा खाएको खानाले उनलाई धेरै समस्यामा पार्यो ।

रेस्टुरेन्टमा खाना खाएकै कारण ती ब्यक्तिको हात गुम्न पुग्यो । रेस्टुरेन्टमा उनले सुशी नामक माछा र भातबाट बनेको परिकार खाँएका थिए । यहि परिकाको सेबनले नै उनको हात बिस्तारै कुहिन थालेको थियो । उनको हातमा ठूला ठेला उठे, पाखुरामा समेत ठेला उठे ।

उनको हातमा आगोले पोलेजस्तो फोका देखिन थाल्यो । त्यसपछी उनी आत्तिएर डाक्टरकोमा गए । डाक्टरले हातै काट्नुपर्छ भने । उनी त्यो सुन्दा छाँगाबाट खसेजस्तै भए । डाक्टरले उनलाई चेकजाँच गरे । चेक गर्दा थाहा भयो मासु खाने ब्याक्टेरियाको संक्रमणबाट यस्तो भएको रहेछ ।

मधुमेहका बिरामी समेत रहेका उनको त्यो अवस्था अति नै दुख लाग्दो भयो । उनको घाउ सफा गरेर औषधि गर्दा पनि घाउ झन कुहीन लाग्यो । घाउ सुकाउन नसकेपछि डाक्टरले हात काट्नु पर्ने बताए । उनको हात काटेपछी भने उनमा राम्रो सुधार आयो ।