बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् । यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम दिइएको छ । मिडिया रिपोर्ट अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन् । सुँगुरका यी दुई बच्चा स्टेट सेल र प्रजनन जीव विज्ञानको स्टेट प्रयोगशालामा पैदा भएका थिए तर जन्मिएको एक हप्ताभित्रै यी दुईको मृत्यु भयो ।द मिररको रिपोर्ट अनुसार बेइजिङको स्टेट सेलकी प्रमुख प्रयोगशाला र प्रजनन जीवन विज्ञानका वैज्ञानिकलाई मान्ने हो भने यो बाँदर–सुँगुरको पहिलो रिपोर्ट हो ।

वैज्ञानिकका अनुसार पाँच दिनका पिगलेट भ्रुणमा बाँदरको स्टेम कोसिका थिए । तर यी दुई बाँदर–सुँगुरको मृत्यु किन भयो भनेर स्पष्ट हुन सकेको छैन । वैज्ञानिकका अनुसार उनीहरुको मृत्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्छ ।स्मरण रहोस्, यो प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो। द न्यू साइन्टिस्ट पत्रिकाको रिपोर्टमा बताइए अनुसार तांग हाइ र उनको समूहले जुआन कार्लोसको सोचलाई अघि बढाएका हुन् र आनुवंशिक रुपमा संशोधित बाँदर कोसिकालाई ४ हजारभन्दा बढी सुँगुरको भ्रुणभित्र हालिएको थियो ।

कोहलपुरमा करफ्यु लगाउने तयारी, डिएसपी शाही घाइत

कोहलपुर । कोहलपुरमा आइतवार विहान ट्रकले एक स्कुले विद्यार्थीलाई ठ क्कर दिएपछि माहोल बिग्रिएको छ । आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले ठ क्कर दिएको हो । अवस्था बिग्रिए पछि प्रहरीले दर्जनौं अ श्रुग्यास हा नेको छ । ह वाई फा यर समेत गरेको छ । कोहलपुर र णभूमीमा परिणत भएजस्तो देखिएको छ । घाइते बालिकाके नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा पि ल्सिएको छ । तस्बिर काँचुली खबरवाट

बाँकेको कोहलपुरमा भैरहेको प्रद र्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ । ट्रकको ठ क्करबाट एक छात्रा ग म्भीर घाइते भएपछि सुरु भएको प्रद र्शन उ ग्र बन्दै गएको हो । प्रहरी र प्रद र्शनकारी बीच निरन्तर झ डप भैरहेका छन् । झ डपका क्रममा दर्जन बढी प्रहरी र प्रद र्शनकारी घाइते भएका छन् । कोहलपुरका डिएपी हेम बहादुर शाही पनि झ डपका क्रममा घाइते भएका छन् ।

भरियाबाट गाउँपालिका अध्यक्षसम्म
नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उहाँको चर्चा चुलिएको छ । यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ गाउँपालिका अध्यक्ष चुनिनुभएको थियो । नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका कुरुम्बाङ एक उद्योगीसमेत हुनुहुन्छ । तर अध्यक्ष कुरुम्बाङको सङ्घर्षशील विगत भने निकै दुःखद र पीडादायी छ ।

विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व बुबा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराका रूपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको हो । तीन बहिनी, एक भाइका दाजु कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । विसं २०५२ मा तत्कालीन नेकपा ९एमाले०बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

नरबहादुर कुरुम्बाङ छ वर्षको हुँदा बुबाको निधन भयो । बुबाको निधनपछि आमाले पनि छोडेपछि नरबहादुर अरूको घरमा बसेर, सरसहयोग गरेर हुर्किनुभयो । नरबहादुर ठूलो भएपछि गोरु व्यापार गर्नेहरुलाई सघाएर जीवन चलाउनुभयो । क्रमशः दुई÷चार पैसा कमाउनुभयो अनि घरगृहस्थीमा प्रवेश गर्नुभयो । उनै नरबहादुर नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङका बुबा हुनुहुन्थ्यो ।

वीरबहादुर आफ्नो जीवन बाल्यकालदेखि नै सङ्घर्षबाट अघि बढेको बताउनुहुन्छ । “वास्तवमा म शून्य अवस्थाको मान्छे थिएँ । न राम्रोसँग पढ्ने अवसर मिल्यो, न त खाने लगाउने अवसर नै”, अध्यक्ष कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । उहाँका सहपाठी रहनुभएका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्नुहुन्छ, “वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी हुनुहुन्थ्यो । सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाइसँग कहिल्यै झैझगडा नगर्ने, साह्रै इमान्दार र निःस्वार्थी प्रकारको मान्छे ।”

घरको जेठो छोरो । बुबा रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता । ग्रामीण विपन्न जीवन । कुरुम्बाङको जीवन सङ्घर्षको मैदानमा पौँठेजोरी खेलेरै अघि बढिरहनुपर्ने थियो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सक्नुभएन । चलाख मानिस भएका कारण उहाँले सधैँ नयाँनयाँ कुराको खोजी गर्नुभयो । विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्नुभएका उहाँले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ सोच्नुभयो ।

प्रकाशित मिति December 8, 2019

प्रतिकृया दिनुहोस