सधै झैँ बाबाको स्कुटरबाट स्कुल आगाडी झर्ने प्रगतिले आज स्कुल छिर्न आगाडी नै गुमाइन दुवै खुट्टा

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने, प्रगति चन्दलाई उनका बुवाले सधैँझै आइतबार बिहानै भे ६ प २७४० नम्बरको स्कुटरमा विद्यालयको गेट अगाडि ओरालेर अघि बढे। तर प्रगति विद्यालयको गेट पार गर्न सकिनन्। कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतिलाई ठ-क्कर दियो। उनका कलिला खुट्टा ट्रकका चक्काले कु-च्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रगति चिच्चाइन्, छ-टपटाइन्। आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आ-क्रोशित बने। ट्रकमा ढुङ्गा हा-न्न थाले, चालकलाई लखेटे। त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो।

प्रहरीले उल्टै विद्यार्थीलाई कु-ट्न थाल्यो। प्रहरीले कु-टेपछि विद्यार्थी स्कुलभित्र पसे। प्रहरीले पछ्यायो। शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई नकु-ट्न आग्रह गरे। प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। विद्यालयका शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले प-क्राउ गरेर थुनेको छ। साथी र शिक्षकमाथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आक्रो-शित बने। उक्त विद्यालयमा झन्डै २ हजार ५ सय विद्यार्थी छन्। ती सबै एकैसाथ सडकमा निस्किए। ना-राबाजी गर्दै प्रहरीमाथि जाईलागे। त्यही बेला बिहान कक्षा हुने प्लस टुका विद्यार्थीको पनि छुट्टी भयो।

उनीहरू पनि प्रदर्शनमा मिसिए। प्रहरीलाई उनीहरूले ढुङ्गा हा-न्दै लखेटे। प्रहरीले पनि ढुंगा फर्कायो। स्कुले बालबालिकालाई ढुङ्गा नहा-न्न आग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई लाठी प्र-हार गर्‍यो। कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई पनि कु-टपि-ट गर्‍यो। विद्यार्थीले बजार बन्द गराउन थाले। यातायात बन्द गराए। ट्रकका आ-गजनी गरे। त्यहीँ पुगेर पनि विद्यार्थीले ढुंगामुढा गरे। प्रहरीको क्यान्टिनमा आ-गजनी गरे। त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फा-यर गर्‍यो। त्यतिकै संख्यामा अश्रुग्यास हा-न्यो। ३ विद्यार्थीलाई रबरको गो-ली लाग्यो।

झ-डपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घा-इते भएका छन्। कोहलपुरका पत्रकार चेतकान्त भट्टराईले पनि दु-र्घटनालगत्तै आ-क्रोशित बनेका विद्यार्थीलाई सम्झाइबुझाइ शान्त पार्न प्रयास गर्नुको साटो अनावश्यक बल प्रयोग गर्दा एकाएक कोहलपुर अशान्त बन्न पुगेको बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने प्रहरीले सम्झाउनभन्दा बल मात्रै प्रयोग गर्‍यो भन्नु ग-लत हुने बताए। उनले स्थानीय आक्रो-सित भएपछि एकाएक माहोल बिग्रिएको तर्क गरे। प्रजिअ खड्काले भने, ‘जे भयो त्यसको अनुसन्धान हुन्छ, दो-षीलाई कार-बाही हुन्छ।’ उनले घा-इते छात्रा प्रगति थप उपचारको लागि काठमाडौँ लैजान हेलिकप्टर मगाएको जानकारी पनि दिए। साभार : सेतोपाटी डटकम