भोलि सबै विद्यालय बन्द गरिने

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

काठमाडौं । बाँकेको कोहलपुरमा विद्यार्थीमाथि भएको प्रहरी दमनको घटनालाई लिएर भोलि विद्यालयहरु बन्द गरिने भएको छ ।

आईतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

क्रिशाका अध्यक्ष शिव प्रसाद डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दले सोमबार शैक्षिक संस्था बन्द गर्ने जानकारी दिनुभएको छ ।