मैले जितेको यो स्वर्ण दूध बेचेर मलाई पढाउने आमालाई हो : संगीता धामी

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

काठमाडौं : संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रति योगिताका लागि प्रशिक्षकहरूले विद्यालय/ विद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्। उनी आफैं गएर प्रशिक्षकहरूलाई भनिन्– ‘म खेल्छु। लक्ष्मी खत्री र राजेन्द्र चन्द प्रशिक्षक थिए।

उनीहरूले धामीलाई छनौट गरे। त्यहीँबाट सुरू भयो संगीताको कुस्ती यात्रा।उनले शनिबार जनकपुरधाममा भएको साउथ एसियन गेम (साग) मा कुस्ती खेलमा ५५ किलो ग्राम तौल समूहमा नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन्।

संगीताले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपा ललाई कुस्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी हुन्। नेपालका लागि ऐतिहासिक स्वर्ण जितेपछि संगीताले आँशु थाम्न सकिनन्।जितको खुसीले उनी रून थालेपछि प्रशिक्षक र सहयोगीले सम्हाले। सङ्गीता रोएपछि कवर्ड हलमा उपस्थित दर्शक समेत भावुक बनेका थिए । तर संगीतालागि सागमा छनौट भएर स्वर्णपदक विजेता बन्नु सानो कुरा होइन । सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भिमदत्तन गरपालिका-३ नौलाखेत तिलकपुर घर भएकी १९ वर्षीया धामी अध्ययन र खेलको जिम्मेवारी सँगसँगै पूरा गरिरहेकी छन्।

उनी अहिले बिएड पढिरहेकी छन्। संगीतालाई स्कुल पढ्दै देखि खेल्न मन पर्थ्यो। त्यसैले स्कुलका शिक्षकहरू कुनै खेल खेलाउन पर्‍योभने उनैलाई रोज्थे। सामान्य परिवारमा जन्मेकी संगीतासहित उनको अन्य तीन दिदी बहिनीको लालन पालन आमाले नै गर्दै आए की छिन्। ‘बहिनी सानै छँदा बुवा आमालाई छोडेर अन्तै जानुभयो, त्यस यता आमा नै हाम्रो लागि सबै थोक हो। आमाले भैंसी पाल्नु भएको छ। दूध बेचेर हाम्रो शिक्षा दिक्षा पूरा गर्नुहुन्छ, संगीताले भनिन्,मैले आज जितेको स्वर्ण मेरी आमालाई हो।

३ जना छोरी मात्रै भएको भन्दै बुवाले संगीताकी आमालाई छोडेका थिए । दूध बेचेरै घरपरिवार चल्दै आएको छ। संगीताले आमालाई सहयोग गर्न घर–घरमा दूध पुर्‍याउन जान्थिन्। त्यसैले कहिले काँही कलेज जान अबेर हुन्थ्यो। ‘दूध बेचेर कलेज पढ्न जाँदा साथीहरु दूधवाली भनेर जिस्क्याउँथे, एकदमै नराम्रो लाग्थ्यो, संगीताले भावुक हुँदै भनिन्। सेतो पाटिबाट