पूर्वयुवराज पारस शाहले चढेको ‘हार्ले डेभिड्सन’ बाइकको मूल्य कति पर्छ ? - Suchana Daily

पूर्वयुवराज पारस शाहले चढेको ‘हार्ले डेभिड्सन’ बाइकको मूल्य कति पर्छ ?

Loading...
Update Department | प्रकाशित भएको : December 8th, 2019

बाबाले गल्लफ्रेन्डलाई होटलमा लगे पछी...... [ भिडियो सहित ]


काठमाडौं, मंसिर २२ । केही समयअगाडि पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो। त्यो भिडियोमा केही स्थानीयले उनलाई ‘हामी तपाईंको कार्यकर्ता हौं, हामी राजावादी हौं’ भन्दै थिए।

‘यो वादी र त्यो वादी नभन्नुहोस्, हामी सबै नेपाली हौं। वादी भनेको छुट्याउने कुरा हो। हामी सबै नेपाली हौं,’ पारसले झोक्किँदै भने। उनले त्यति भनेपछि युट्युबर सोनिका रोकाया पारसको मोटरसाइकलमा चढ्छिन् र दुवैजना हुँइकिन्छन्। यो भिडियो भाइरल बनेसँगै सोनिकासँगै पारसको मोटरसाइकल पनि चर्चामा रह्यो।

कसैले यसलाई बुलेट बाइक भने, कसैले हार्ले डेभिड्सन भने। उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन।

उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए। ‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

अन्नपूर्ण वेसकयाम्पमा पारस शाह र सोनिका । पारसले हेलिकोप्टरमा सोनिकालाई अन्नपूर्ण बेस क्याम्प सम्म लगेका थिए ।
Loading...

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु