कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको निधन - Suchana Daily

कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको निधन

Loading...
Update Department | प्रकाशित भएको : December 9th, 2019

काभ्रेको कुशादेवीमा बाटो खन्ने क्रम अचानक भगवा देखे पछि भक्तजनहरुको भिड


कपिलवस्तु, २३ मंसिर ।

सोमवार विहान भएको कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्या न गएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घटनामा बैंकका कार बनगाई शाखा प्रबन्धकको ज्या न गएको हो । बा। ६ च ६३९० नम्बरको कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्या न गएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार बिहान करिब ८ बजेतिर दुर्घटनाबारे जानकारी पाएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको हुन सक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


पानी बेचेर मुटुरोगि आमाको उपचार गर्ने नानि यसो गर्दैछिन ? | तर पनि आमाको आसु रोकियन


Loading...

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु