किन होटलमा सेतो कपडा मात्र प्रयोग गरिन्छ? थाहा पाउनुस ..

तपाईले ठुला देखि सानासम्मका होटेल हरु देख्नु भएकै होला। होटेलको बेडमा सेती बेडसिट राखिएको सबैले देख्ने गरेका छौ। तर सेतो नै राख्नुको पछाडी के कारण रहेको छ त?

आज हामी तपाईलाई यस बारेमा पाँच जानकारी दिने छौं। प्राय होटेलको कोठामा छिर्ने वितिकै हामीले याद त गर्ने गरेकै छौ,सेतो कपडाले ढाकेको बेड सानदार देखिन्छ भनेर।

आज हामी तपाईलाई बेड सेतो बेडसीटले छोप्नु पछाडिको पाँच तथ्य बताउने छौ।

१ सेतो रङको कपडा सुन्दर र सफा देखिने गर्छ। जसले मानिसको मनलाई शान्त बनाउन मद्दत गर्ने हुन्छ। साथै यदि सेतो कपडामा केहि मात्र पनि दाग बसेमा देख्नको लागि धेरै सजिलो हुने गर्छ।

जसका कारण होटलका कर्मचारीहरुले सफा गर्ने समयमा दाग राम्रोसँग देख्न सक्छन्। साथै ग्राहकले पनि फोहोर भएमा देखन एस्सजिलो होस् भन्ने होटेलको मनसाय भएका कारण बेडसिट सेतो हुने गर्छ।

२ सेतो कपडा धुनको लागि पनि सजिलो हुने गर्छ। किनकि यस कपडामा भएका सम्पूर्ण दाग देख्न सकिने हुँदा धुने समयमा दाग देख्न सकिन्छ।

तर घरमा भने विभिन्न रङका कपडा हुने गर्दा सेतो कपडा धुन भने गार्हो हुने गर्छ। अन्य रङसँग मिश्रण हुने हुँदा घरमा भने सेतो बेडसिट धुन गार्हो हुने गर्छ।

३ सेतो कपडालाई शान्तिको प्रतिकको रुपमा लिनेद चलन रहेको छ। होटलले बेडसिट सेतो राख्नुको पछाडी आफ्नो ग्राहकलाई शान्ति महसुस होस् भन्ने मनसाय रहेको हुन्छ।

४ होटेलको कोठामा छिर्ने बितिकै सेतो,सफा,चमक देख्ने बितिकै जो-कोहीको मान पनि आनन्दित हुने गर्छ।

यस कारण आफ्नो ग्राहकलाई आनन्दित साथै संतुष्टी मिलोस् भन्ने हिसाबले सेतो बेडसिट राख्ने गरिन्छ।

५ हरेक चिज सेतो राख्दा होटेललाई रङ मिश्रणको चिन्ता नरहने गर्छ।

कोहि ग्राहकलाई कुनै निश्चित रङ मन नपर्ने हुँदा सेतों भने प्राय जस्तो मानिसहरुलाई मन पर्ने हुँदा पनि सेतो बेडसिट प्रयोग गर्ने गरिन्छ।

प्रकाशित मिति December 10, 2019

प्रतिकृया दिनुहोस