काठमाडौंको कपनमा १९ वर्षिया युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक भेट्न बोलाइन र लि ङ्ग २ टुक्रा पारिदिइन

काठमाडौं । काठमाडौंको कपनमा एक प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लि ङ्ग छेदन गरिदिएकी छिन् । काठमाडौं महानगरपालिका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लि ङ्ग छेदन गरेकी हुन् ।

सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले भने, ‘‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन् । फरक–फरक धर्म मान्दा रहेछन् । उनीहरु प्रेम सम्बन्धमा पनि थिए । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन् ।’’

डीएसपी सिहंका अनुसार पछिल्लो एक सातायता दुवैको फोन सम्वाद समेत बन्द भएको थियो । सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लि ङ्ग छेदन गरको प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई प क्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिहंले बताए ।

प्रकाशित मिति December 10, 2019

प्रतिकृया दिनुहोस