सूचना डेल्ली । २४ मंसिर, काठमाडौं :
केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन । अघिल्लो साता बढेको सुनचाँदीको मूल्य यो साता भने घट्दै गएको छ ।
सोमबारको तुलनामा मंगलबार बजारमा सुन दुई सय र चाँदी पाँच रुपैयाँले घटेको हो । छापावाला सुन मंगलबार दुई सयले घटेर ७० हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंसिर महिनामा बिहेको लगन बढी हुने भएको हुनाले सुनको कारोबार बढी हुने गर्दछ ।
प्रकाशित मिति December 10, 2019