सरकारले गर्भवती श्रीमतीलाई दिएको अण्डा श्रीमानले र’क्सीको ‘सितन’ बनाइदिएपछि…

सूचना दैनिक
बिहिबार, मंसिर २६, २०७६

काठमाडौं । नेपालमा कहाँकहाँ कुन–कुन क्षेत्रमा भ्र’ष्टाचार हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिर पुग्न थालेको छ । हामीलाई विश्वास गर्न गाह्रो हुने क्षेत्रहरुमा समेत भ्र’ष्टाचार हुने गरेको पाइएको छ । यस्तै एक का’ण्ड अहिले बाहिर आएको छ ।

भएको के भने, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाका जयाखानी र खड्गकोटका गर्भवती महिलालाई दिएको अण्डा दु’रुपयोग भएको खुल्न आएको छ । यहाँ पुरुषले अण्डा सितन बनाएर र’क्सीसँग खाईदिएका खुलेको हो । पोषण परिपूर्ति गर्न गर्भवतीलाई दिएको अण्डा नै सितन बनाइदिएपछि गाउँपालिकाले यसपटक महिलाहरुलाई फिल्टर वितरण गर्ने भएको छ ।

गाउँपालिकाका ३ र ६ नम्बर वडाका केही पुरुषले आफ्नी गर्भवती श्रीमतीलाई राज्यले दिएको अण्डालाई र’क्सीको सितन बनाएर खाइदिएका हुन् । गाउँपालिकाकी उपाध्यक्ष तारा थापाका अनुसार गतबर्ष गर्भवतीलाई दिएको अण्डा पुरुषले सितन बनाइदिएकाले यो पटक फिल्टर दिइएको हो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।