सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्प

सूचना दैनिक
बिहिबार, मंसिर २६, २०७६

सूचना डेल्ली । २६ मंसिर काठमाडौं ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बेलुका ७ बजेर १० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुश गरिएको छ । बिहिबार बेलुका करिव ७ बजेर १२ मिनेटको समयमा भूकम्पको धक्का महसुश गरिएको हो ।

भूकम्प धक्का महसुस भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले भूकम्प आयो भन्दै स्टाटसहरु राख्न थालेका छन् । केही सेकेन्डसम्म महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु कुन ठाउँमा हो र कति म्याग्निच्युडको भूकम्प गएको हो भन्ने कुरा अहिले नै थाहा भैसकेको छैन ।

हामी भूकम्प मापन केन्द्रमा यस बारेमा थप जानकारी लिने प्रयासमा छौं । थप जानकारी आएपछि हामीले तपाइहरुलाई अपडेट गराउनेछौं ।

यही मंसिर ११ गते राति १० बजेर ०८ मिनेटमा काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत महसुस गरिएको छ । सुत्न तरखर गरिरहेका मानिसहरु भूकम्पको धक्का आएसँगै चिचाउँदै सडकबाहिर आएका थिए ।

भूकम्प गएपछि ट्विटवरमा देखिएका ट्विटहरु