काठमाडौं । बिहीबारदेखि मौसममा आएको खराबीका कारण हेलिकप्टर उडान पूर्ण रुपमा प्रभावित भएको छ । अहिले आकस्मिक बाहेक अन्य उडान पूर्ण रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले जानकारी दिए ।
उच्च भेगमा हिमपात समेत भएको कारण ती क्षेत्रमा उडान बन्द गरिएको उनले बताए । मौसममा सुधार आउनसाथ उडान हुने गरी आइतबारसम्म नियमित उडान नगर्न सर्कुलर जारी गरिएको प्रवक्ता कंडेलले बताए ।
केहि महिनाअघि पानी परेकै बेला हेलिकप्टर उडान गर्दा काभ्रेको विभिन्न स्थानमा आकस्मिक अवतरण गर्नुपरेको थियो । यस्तै हिमाली क्षेत्रमा जाने जहाजहरुले पनि उडान गर्न सकेको छैन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले तराईका भागमा मात्र उडान भएको र अन्तर्राष्ट्रिय उडान पनि नियनित रुपमा भइरहेको जानकारी दिए ।
प्रकाशित मिति December 13, 2019