नारायणगढ–मुग्लिन सडकमा ४ वोटा सवारीसाधन ठोक्किए

सूचना दैनिक
शुक्रबार, मंसिर २७, २०७६

चितवनमा आज भएका छुट्टाछुट्टै तीन दुर्घटनामा ३५ जना घाइते भएका छन् । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो ।

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाँउपालिका स्थित राजमार्गमा सवारीसाधन आफै अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । चितवनको इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट जाँदै गरेको बा २१ च ३०३९, बा ६ च ८३४५ नम्वरको स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठक्कर खाएका हुन । सो दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरु सबैको अवस्था मध्यम छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यस्तै इच्छाकामना ४ कुरिनटारमै गुडिरहेको बस अनियन्त्रित भई पल्टदाँ ११ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार काठमाडौंबाट बुटबल जाँदै गरेको लु २ ख १५७९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टेको हो । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहको छ । घाइते मध्य एक जनाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

वर्षा र हिमपातले जनजीवन प्रभावित

एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ ।

हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो । रातिदेखि शुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् । यस वर्ष हिउँदयाममा समयमा वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।

यतिबेला परेको पानीले गहुँ, जौ लगायतका अन्नबाली तथा लगायतका फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ ।

यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडकसमेत बन्द भएका छन् । तापक्रम घट्दै जानाका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवामा समेत अवरुद्ध भएका छन् भने हि