इन्सपेक्टरकै ज्या’न जानेगरी भएकाे धनुषा वि’स्फोटकाे अ’नुसन्धान तीव्र, २ जना प’क्राउ

घनश्याम मिश्र
धनुषा, २८ मंसिर । यहाँकाे महेन्द्रनगरमा भएको शक्तिशाली ब’म वि’स्फोटनमा परेर प्रहरी निरीक्षकसहित तीन जनाको मृ’त्यु भएको घ’टनामा धनुषा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

सोही क्रममा धनुषाबाट २ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले न्यूज़ २४ लाई बताउनुभएको छ ।

कनेलका अनुसार अनुसन्धानको क्रममा २ जनालाई नि’यंत्रणमा लिइएको छ, प्रहरीले सोधपूछ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ ।

महेन्द्रनगर घर भएका एकजना र अन्य थप एकजना गरी २ जना व्यक्तिलाई प’क्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको हो ।

प्रारम्भिक अनुसन्धान मात्र शुरु भएकाले कसले र किन ब’म राखेको हो भन्ने कुरा अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

घ’टनाको सुक्ष्म तरिकाले हरेको कोण बाट अ’नुसन्धान गर्नका लागि डिएसपी कार्की आफैं घ’टनास्थल महेन्द्रनगरमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल यतिबेला बिदामा छन् ।

शुक्रवार राति भएको ब’म बि’स्फोटनमा परेर इलाका अप्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय नागरिक राजेश साह र उनका छोरा आनन्द साहको मृ’त्यु भएको छ भने अन्य ४ जना घा’ईते भएका छन् ।

प्रकाशित मिति December 14, 2019

प्रतिकृया दिनुहोस