दोलखाको कालिन्चोकमा हुँदै छ यस्तो हिमपात, पर्यटकहरु उत्साहित

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिन्चोक क्षेत्रमा आजविहानै बाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला दोलखाको कालिन्चोक लगाएत उच्च भुभागहरुमा विहानै देखि हिमपात सृुरु भएको छ भने चिसोका कारण जनजीवन समेत प्रभावित बनेको छ । विहानै देखि हल्का वर्ष सहित हिमपात सुरु भए संगै जिल्लाको उच्च भुभाग तथा तथा डाँडाहरु सेताम्य देखिन थालेका छन् ।

जिल्लाको कालिन्चोक, कुरी बजार, खरिढुंगा, शैलुङ डाँडा, लगाएतका उच्च भागमा हिमपात भई रहेको छ भने जिल्लाको अधिकंश भागमा हल्का बर्ष भएको छ । यो वर्ष जाडो मौसम सुरु भए संगै पहिलो पटक हिमपात भएको हो ।

दोलखा जिल्लामा एकैसाथ आन्तरिक पर्यटकको चाप अत्याधिक बढेपछि होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो ।

एकैपटक धेरै आन्तरिक पर्यटक भित्रिएपछि दोलखाका होटल तथा लज खचाखच छन् भने पर्यटकहरुको व्यवस्थापनमा समेत समस्या भएको छ । विशेषगरि शुक्रबार, शनिबार र विदाको दिन दोलखामा पर्यटकको चाप बढ्ने गरेको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको दोलखा जिल्ला पर्यटकहरुको विशेष रोजाईमा पर्ने गरेकाले विदाको दिन तथा विशेष चाडपर्व मनाउन पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

विशेषगरी जाडो मौसममा हिउँ खेल्नका लागि पनि पर्यटकहरु दोलखा आउने गरेका छन् । पर्यटकको चाप बढेका बेला कुरी र चरिकोटका होटल व्यवसायीले मनोमानी शुल्क लिने, गुणस्तरहिन खाना खुवाउने र भनेजस्तो सेवा नदिएको गुनासो पर्यटकहरुको छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।

जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन।

कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ। तर हाल भने कुरी देखि मन्दिर सम्मको लागि केवलकार संचालनमा आएको छ । केवलकार संचालनसगै कालिन्चोकमा पर्यटकको झनै धेरै छाप बढेको छ ।

प्रकाशित मिति December 14, 2019

प्रतिकृया दिनुहोस