रामकृष्ण ढकाल भन्छन् हल्ला मात्रै, ‘मेरो डि’भोर्स भएको छैन’ (अडियाेसहित)

सूचना दैनिक
बुधबार, पुस ९, २०७६

काठमाडौ। गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डि भोर्स’ नभएको उनले बताएका छन् ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भयो’ भनेर जानकारी दिएपछि हामीले गायक ढकालसँग टेलिफोनमा संक्षिप्त कुराकानी गरेका छौं :

निलमजीसँग तपाईंको डिभोर्स भएको भन्ने कुरा सत्य हो ?

यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।

जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ?

म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि ।

त्यस्तो केही सम्भावना थियो र ?

त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तो हल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु ।

सुन्नुहाेस् शिलापत्रको यो अडियाे :