गौतम बुद्ध रंगशाला निर्माणलाई अनमोल केसिले गरे ३ लाख नगद सहयोग !

काठमाडौं : चितवन भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला यतिबेला धमाधम निर्माण भइरहेको छ । निर्माण सँगसँगै आर्थिक सहयोग पनि देश विदेशबाट जुटिरहँदा धुर्मुस सुन्तली फाउन्डेसनलाई सदाबहार अभिनेता भुवन केसी र युवा स्टार अनमोल केसिले ३ लाख २० हजार नगद रकम सहयोग गरेका छन् । टेलिभिजन रियालिटि शो ” को बन्छ करोडपती” मा सहभागी भएर जितेका रकम बुवा छोराले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालालाई सहयोग गरेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनको लेख : जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी चर्चित कलाकार भुवन केसी र अनमोल केसीले ए.पि.वान. टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जित्नुभएको ३ लाख २० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा भुवन केसी र अनमोल केसीलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको प्रमाणसहित दिनभर मिडियामा समाचार प्रकाशन भए । त्यसबेलासम्म ढकालले अफवाह मात्र रहेको बताएका थिए । सामाजिक सञ्जालमा यो दम्पतीको सम्बन्ध विच्छेदको खबर ट्रेन्डिङ हुन थालेपछि साँझ ढकालले पत्नी शाहसहितको तस्बिर राख्दै फेसबुकमा लेखे,‘अरुले के भन्छन् त्यसको मतलव छैन, हाम्रो साथ कहिल्यै मर्दैन ।’

यसले केही उल्झनमा राखे पनि जिल्ला अदालत काठमाडौंको मुद्दाबारे आएको सूचना नै आधिकारीक हो । अदालतले भनेको छ,‘मिलापत्रअनुसार नै डिभोर्स फाइनल गरिएको हो ।’ बुधबार भएका अदालतका कतिपय कामकारबाहीका विषयमा प्रस्टसँग जानकारी गराइएको छ जहाँ यो दम्पतीको डिभोर्स गरिएको भन्ने उल्लेख छ ।ढकालले प्रतिरोध गर्नुको कारणचाहिँ सामाजिक रुपमा चर्चा र जवाफ फर्काउनुपर्ने बाध्यता हुनसक्ने अनुमान सहज छ ।

तर डिभोर्स किन गरेका रहेछन् त ? मुख्य कारण के होला ? पत्नी निलमले अदालतमा दिएको निवेदनअनुसार स–साना झगडा र आर्थिक समस्यालाई उल्लेख गरेकी छन् । नेपालमा समस्या भएपछि बेलैमा विदेशमा गएर बसौं, राम्रोसँग जीवन जीउने आधार बनाऊँ भन्ने प्रस्ताव पतिले नमानेपछि झगडा सुरु भएको थियो दिनै झगडा गर्नु भन्दा सहजताका साथ छुट्टिनु नै उपयुक्त विकल्प हुने भएपछि डिभोर्स गर्ने निधोमा पुगेको निवेदनमा उल्लेख छ । सम्पत्ती बाँडफाँट नहुने समझादारीका आधारमा भएकी एउटी छोरी आमासँग रहने र छोरीका लागि आवश्यक खर्च र सहयोग बाबु ढकालले गर्नुपर्ने आदेशसहित डिभोर्स भएको विवरणहरूमा उल्लेख छन् ।

१७ बर्षअघि यो जोडीले बिहे गरेको थियो । त्यसबेला गायक ढकाल नेपाली सांगितिक क्षेत्रमा चर्चाको शिखरमा थिए । आर्थिक मामिलामा पनि अन्य गायक भन्दा उनी निक्कै माथि रहेका थिए । सोही बेला शाहसँग प्रेम सम्बन्ध कायम भएपछि उनीहरू बिहे गर्ने निर्णयमा पुगेका थिए । प्रेम भएको दुई महिनामा नै बिहे भएको थियो । गायक ढकालले बिहेलगत्तै निकालेका कतिपय गीत र तिनका म्युजिक भिडियोमा पत्नी शाहलाई मोडलका रुपमा पनि प्रस्तुत गरी चर्चामा पुर्याएका थिए ।

प्रकाशित मिति December 29, 2019

प्रतिकृया दिनुहोस