देशलाई उज्यालो बनाएका कुलमानले आँखा दान गर्ने

सूचना दैनिक
आइतवार, पुस १३, २०७६

१२ पुस, काठमाडौं: विद्युतको उज्यालाेले देशलाई नै झिलिमिलि बनाएका कुलमान घिसिङले आँखा दान गर्ने भएका छन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेत रहेका घिसिङले तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मृत्युपछि अाफ्नाे आँखा दान गर्ने घोषणा गरेका हुन । देशलाई नै उज्यालो बनाउने अभियानमा लागेका घिसिङ नेपालमा निकै रुचाइएका व्याक्ति समेत हुन ।नेपाल विद्युत प्राधिकरणका उनले गरेको कामलाई देश विदेशमा धेरैले तारिफ गरिरहेका छन । यसै क्रममा उनले मृत्युपछि अाफ्नाे आँखा दान गर्ने भन्दै गरेको घोषणाले अझै सबैको मन जित्ने देखिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आँखा दान गर्ने काम निकै पवित्र भएको भन्दै आफु मरेर गएपनि अरुका लागि यो निकै महत्वपुर्ण हुनसक्न बताए । मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली सभामा उनले पनि आँखा दानको घाषणा गरेका हुन् ।