दाजु बहिनि बीच प्रेम, बहिनीले बिवाह गर्न दवाव दिएपछि, बिवाह गर्न गर्न हुँदैन भन्दै दाजुले गरे बहिनीको ह:त्या

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

ताप्लेजुङ : मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्। दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कु’टे। बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए। भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो।

बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन्, ‘दिदी र म बाँकी मास कु’ट्छौं, तँ मेला जा है।’ खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बे’पत्ता छिन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

मन्दिरालाई बे’पत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ। रमेशले बयानमा मन्दिराको ह’त्या गरेको स्विकारेको प्रहरीले जनाएको ाछ। ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो। हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मा’रि’दिएँ’, रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ। मन्दिराको श व नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बे पत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ।

काका चन्द्रका अनुसार मन्दिरा बे पत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो। त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर भेटेनन्।

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो। विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गएका थिए। बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भएको थियो। भेटका क्रममा विवाहबारे विवाद भएपछि ह त्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि रमेशले आफू अ’पह’रणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए। मन्दिरा वे पत्ता भएको र रमेशले आफू अ’पहर’णमा परेको दिन एकै भएपछि अनुसन्धान रमेशतर्फ मोडिएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयाँलले बताए।