महाबीर पुनलाई जितु नेपालको ‘‘मुन्द्रेको कमेडी क्लब’ले गरे यति ठूलो सहयोग -हेर्नुहोस

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

काठमाडौं,चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ द्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु. १ लाख १ हजार १ सय ११ सहयोग प्रदान गरेको छ।‘

यो दान गरेको कुरा कतिपय जान्नेसुन्ने व्यक्तिहरुको लागी राष्ट्रियआविष्कार केन्द्र पनि एउटा कमेडी क्लब जस्तो नै भएको छ किनभने उनीहरुले केन्द्रमा हाम्रा प्रतिभाशाली भाइ बहिनीहरुले हाल गर्न प्रयास गरिरहेको अनुसन्धान तथा बिकासको कामलाई यस्तो पनि अनुसन्धान हुन्छ भनेर हाँसी रहेका छन्,’ केन्द्रका अध्यक्ष महाविर पुनले बताए।

‘ति कुरा नबुझेकाहरुले के भनिरहेका छन भने चाईना, जापान र अरु विदेशीले बनाएको जस्तो चीजहरु नेपालमा बनाउनै सकिंदैन र यदि बनिहाले पनि महँगो हुन्छ।’ उनले त्यस्तो भन्नेहरुले राष्ट्रिय आविष्कार केन्द्रलाइ एउटा कमेडी क्लब नै ठाने पनि आफूले त्यो अभियान नछाड्ने बताए।

अरुले आलोचना गरे पनि झन जोसका साथ काम गर्नुपर्ने उनले बताए। ‘लौ त सबै मिलेर अघि बढौं। साथै आजको मुन्द्रे कमेडी क्लबमा म सहित भएको कमेडी कार्यक्रम आगामी हप्ता तिर हेर्न नभुल्नु होला किन भने म पनि अलि अलि कमेडियन भएको छु।’