पोर्चुगलमा २ जना नेपालीको निधन

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

पोर्चुगल । एक सातामा पोर्चुगलमा बस्दै आएका २ जना नेपालीको ज्यान गएको छ ।

बिगत चार बर्षदेखि पोर्चुगल बस्दै आएका कास्कीको पोखराका तोरण बहादुर थापा र एक वर्षअघि पुगेका राजु बस्नेतको ज्यान गएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१६ मा स्थायी घर भएका ५० वर्षीय तोरण बहादुर थापाको डिसेम्बर १६ तारिख तथा २९ वर्षीय राजु बस्नेतको डिसेम्बर ९ तारिखका दिन सुतिरहेका अवस्थामा निधन भएको थियो।

पोखरा महानगरपालिका–१५ ढुङेसाँघु स्थायी घर भएका बस्नेतको आफ्नै कोठामा सुतिरहेको अवस्थामा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेतको शव डिसेम्बर २६ मा नेपाल लगेर डिसेम्बर २७ मा पोखराको रामघाटमा दाहासंस्कार समेत भईसकेको छ ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालले एक विज्ञप्ती जारी गर्दै आफ्ना २ सदस्यको दुःखद् निधन भएकोप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।