सामाजिक सञ्जालवाट कसैलाई गा:ली गरे ५ वर्ष जेल १५ लाख जरिवाना जानकारिको लागी शेयर गर्नु होस ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । सामाजिक सञ्जाललाई ब्यवस्थित बनाउन केही निकै कडा प्रावधान समेत राखिएका छन् । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक आइतवार पारित भएको हो । अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो ।

नयाँ प्रावधान अनुसार अब कसैले सामाजिक सञ्जालवाट कसैलाई अनावश्यक रुपमा जिस्क्याउने, अ’पश’ब्द बोल्ने, हो’च्याउने काम गरे पाँच वर्ष जेल सजाय र १५ लाख रुपैया सम्म जरिवाना तोकिएको छ । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् ।

पछिल्लो समय साइवर क्राइमका घटना अत्याधिक भएको र सामाजिक सञ्जालको प्रयोग गरी मनपरी हुन थालेपछि सरकारले कडाई गर्ने रणनीति लिएको हो । सबैको पहुँचमा सजिलै पुग्ने सामाजिक सञ्जाल अहिले सूचना र समाचारको निकै प्रभावकारी माध्यम भएको छ । तर यसैलाई गलत तरिकाले प्रयोग गरिदा सामाजिक विकृति समेत बढेको छ ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरित भएकाले हटाउन माग गरेका थिए । जसका कारण लामो समय देखि विधेयक टुंगोमा नपुगी चार महिनासम्म छलफलकै क्रममा थियो ।

प्रकाशित मिति December 30, 2019

प्रतिकृया दिनुहोस