ह्यापी बर्थ डे किङ्ग अफ हर्ट! स्व-र्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै !

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

२००२ साल पुस १४ गते जन्मिएका स्व-र्गीय राजा वीरेन्द्रको आज जनमजयन्ति परेको छ । आज स्व-र्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उनको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा नि-धन भएको थियो । उक्त काण्डमा तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको ह त्या भएको भउको थियो तर उक्त ह-त्या अहिले सम्मनै रहस्यमय छ । राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार काण्डमा नि-धन भएको थियो। वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो।

यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो। पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको नि-धनपछि यिनी राजा बनेका थिए। राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो।

पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको नि-धन भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो। तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयु-द्धको नेतृत्वमा, माओवादी वि’द्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।